राष्ट्रिय समाचार

सुदूरपश्चिम प्रदेशमा १० हजार बढी म्यादी प्रहरी परिचालन

बिज्ञापन

कैलाली । यहि वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनकालागि सुदूरपश्चिम प्रदेशमा दश हजार बढीलाई म्यादी प्रहरीमा परिचालन गरिएको छ ।
सरकारले हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन गरिने छ । प्रदेशका नौ जिल्लाबाट गरी दश हजार एक सय ६१ जनालाई म्यादी प्रहरीमा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रदेशमा म्यादी प्रहरीका लागि २९ हजार ७१४ जनाले आवेदन दिएका थिए ।
यस्तै प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार सातै प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ । नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । म्यादी प्रहरीले २०७८ चैत २७ मा नियुक्ति पत्र लिएका हुन् । स्थानीय तह निर्वाचन पूरा भएको ७ दिन पछिसम्म म्यादीलाई सुरक्षामा परिचालन गर्ने प्रहरीको योजना छ ।

बिज्ञापन

४० दिनका लागि भर्ना भएका म्यादी प्रहरीले प्रहरी जवानसरह तलब र रासन बापत थप ७ हजार रुपैयाँ पाउँछन् । चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरूलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरूले ६ हजार रुपैयाँ बराबरको लत्ता कपडा र एक हजार रुपैयाँ गाडी भाडाका लागि पाउँछन् । दुईजोर जुत्ता, मोजा, झुल र स्लिपङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ ।

बिज्ञापन