राजनीति

नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुन्छ : गगन थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनपछि नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सुधार गर्न नसके ठुलो दुर्घटना हुने बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित काठमाडौं ४ आयोजित सोलुका मतदातासँगको अन्तर्क्रियामा बोल्दै उनले नेकपाभित्रको झगडाले ५ वर्ष खेर गएको बताए।

बिज्ञापन

उनले भने, ‘हामी अहिले चुनावमा जाँदै छौँ। मलाई चुनावको डर जित्छौँ कि जित्दैनौँ भन्ने डर छैन। ढुक्कसँग जित्छौँ। तर, चुनाव जितेको भोलिपल्टबाट गर्छौँ चाहिँ के ? सरकार बनाउँछौँ। तर, अहिले पनि हाम्रो सरकार त छ नि। सरकार बनाएपछि काम गर्न सक्छौँ सक्दैनौँ भन्नेमा डर छ।’

अहिले अर्थतन्त्रको सबैभन्दा ठुलो चुनौती रहेको बताए। नयाँ सरकार बन्नासाथ डामाडोल अर्थतन्त्र सम्हाल्न नसके ठुलो दुर्घटना हुने बताए।

उनले भने, ‘आम मानिसमा नैरास्यता देखेको छु। त्यो नैरास्यता संगठित जुन दिन हुन्छ। त्यो शक्तिले सत्तामा बस्नेलाई बगाएर लैजान्छ। हामीसँग बहुमत हुन्छ। सिंहदरबार र प्रदेशमा सरकारमा हामी हुन्छौँ। जनतामा हामी हुँदैनौँ। हामीलाई बढारेर लैजान्छ। यो हामीलाई अन्तिम मौका हो। त्यसले हामीले गम्भीरतापूर्वक लिनुपर्छ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।