मनोरञ्न

गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । गायिका समीक्षा अधिकारी सहभागी कार्यक्रममा तनाव सिर्जना भएको छ । सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी दर्शकहरूले हो हल्ला गरेका थिए ।

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो । प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

सङ्खुवासभा प्रहरीका एक अधिकारीले भने, ‘कार्यक्रममा सामान्य तनाव भएको थियो । दर्शक दीर्घाबाट हो हल्ला भयो । तर प्रहरी खटिएकाले त्यस्तो कुनै घटना हुन पाएन ।’

एकादशीका अवसरमा आयोजित कार्यक्रममा गायिका अधिकारी सहभागी भएकी थिइन् । आयोजकले मेलाका अवसरमा साङ्गीतिक साँझको आयोजना गरेको थियो । सोही कार्यक्रममा प्रस्तुति दिन उनी त्यहाँ पुगेकी थिइन् ।

उनीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको भन्ने खबरहरू आएपनि प्रहरीले भने त्यस्तो नभएको बताएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।