घटनाराष्ट्रिय समाचार

चिनियाँ नागरिकद्वारा चक्कु प्रहार दुई घाइते

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ १८ मंसिर
काठमाडौको ईन्द्र चोकनजिक दिउसै चिनियाँ नागरिक द्वारा चक्कु प्रहारगर्दा दुई जना चिनियाँ घाइते भएका छ्न।

आइतबार राजधानीको इन्द्रचोक नजिकै रहेको पोतेबजारमा peng.(पेइङ)नाम गरेका चिनियाँले लि-युवान र गाँङ मस्पिङ, नाम गरेका दुई जनामाथी चक्कु प्रहार गर्दा दुई जना चिनियाँ घाइते भएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

बिज्ञापन

उनीहरुको कुनै विवाद रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। पेइङले चक्कु प्रहार गरि भाग्ने क्रममा स्थानीयले घेरेर प्रहरीलाई खबर गरि पक्राउगर्न सहयोग गरेको घटना स्थलका प्रत्यक्ष दर्शी एक व्यावसायिले बताए ।

घाइते अवस्थामा रहेका दुइटैको महाराजगंज स्थित अस्पतालमा उपचार भैरहेकोछ भने अपराधी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।