व्याक्ती बिशेष

सत्तीकी साहित्यकार ‘श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । सत्तीकी साहित्यकार श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित भएकी छन्। नेपाल वाङ्मय परिषदले उनलाई ‘नेपाली वाङ्मय साधना सम्मान–२०७६’ बाट सम्मानित गरेको हो।

लोक कल्याणकारी विज्ञापन

धनगढीमा शनिबार एक कार्यक्रमबीच उनलाई नेपाल वाङ्मय परिषदका अध्यक्ष पुष्करराज भट्टले सम्मान राशीसहित प्रमाणपत्र प्रदान गरेका थिए। यस्तै साहित्यकार हेमन्ती जोशीको निवाशमा ‘पलेटी’ कार्यक्रम पनि सम्पन्न भएको छ। अग्रज स्रष्टादेखि नव सर्जक साहित्यकारहरुले उक्त कार्यक्रममा आ–आफ्ना रचना वाचन गरेका थिए। नेपाली साहित्यलाई उजागर र पछिका पुस्तालाई सुम्पिन यस्ता कार्यक्रम आवश्यक रहेको साहित्यकारहरुले बताएका छन्।

लोक कल्याणकारी विज्ञापन
लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन