सुदूरपश्चिम प्रदेश

नेपालीलाई नेपालमै रोजगारी दिन सरकार लागिपरेको छः मन्त्री कुँवर

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्। आइतबार नेपाल एफएम नेटवर्कको १९औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी नागरिकलाई विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताए।

देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको तथा सिर्जना गरेको ठाउँमा पनि नेपाली श्रमिकको आकर्षण नभएको मन्त्री कुँवरको भनाइ छ। उनले नेपालमा रहेका कम्पनीहरूमा काम गर्ने नेपाली मजदुरहरूभन्दा विदेशीहरू बढी रहेको भन्दै नेपाली श्रमिकलाई नेपालमै रोजगारी दिन सरकार लागिपरेको बताए।

बिज्ञापन

‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ। जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकको आकर्षण पनि छैन। मजदुरहरूको अवस्था हेर्दा विदेशी धेरै छन्। नेपालीहरू कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरूमा काम गर्ने। हामी खाडीमा गइरहेका छौँ, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजदुर छैनन्,’ उनले भने।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।