राष्ट्रिय समाचार

सरकारले खोल्यो मौसमी कामदार पठाउने बाटो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : लामो समयदेखि प्रतीक्षामा रहेका मौसमी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेसँगै नेपाली श्रमिकलाई वैदेशिक राेजगारीमा जाने बाटो खुला भएको हो। 

कार्यविधि स्वीकृत भएसँगै रोजगारीमा पठाउने बाटो खुला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले बताए। 

बिज्ञापन

विभिन्न मुलुकबाट मौैसमी कामदार माग भएको छ। कामदारहरू आफैँ प्रक्रिया पूरा गरी जाने गरेका थिए। साथै सरकारसँग कति नेपाली मौसमी कामदारको रुपमा विदेशिएका छन् तथ्यांकसमेत छैन। म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

मौसमी कामका लागि युवाहरूको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो। सरकारले बेलायत, दक्षिण कोरिया, जर्मनी, क्यानडालगायत आकर्षक अन्य मौसमी श्रमिकहरूको माग हुने मुलुकमा नेपाली श्रमिक शून्य लागतमा पठाउने तयारी गरेको हो। सरकारले पारिश्रमिक तथा अन्य सेवा सुविधाको सुनिश्चितता गरेर मात्रै यस्ता श्रमिक पठाउने मन्त्रालयले जनाएको छ।  स्थानीय सरकारसँग पनि समन्वय गरी शून्य लागतमा पठाउने तयारी गरेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।