राष्ट्रिय समाचार

भेरी कोरिडोरमा आज देखि तीन हप्ता यातायात बन्द हुने

बिज्ञापन

जाजरकोट, पुस १० गते । सडक निर्माणलाई गति दिनका लागि भेरी कोरिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । सडक निर्माणको काम चलिरहेका वेला यातायात साधन नियमित चल्दा निर्माण कार्यमा सुस्त गति हुँदा पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टा मात्र सडक सञ्चालन हुनेछ ।

बिज्ञापन

निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले दैनिक बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म र दिउँसो १ देखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने जानकारी दिनुभएको छ । केसीले रिम्ना–चिसापानी खण्ड दैनिक मध्यान्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुलाएर यातायातका साधनलाई पार गराइने छ । त्यस्तै दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने जानकारी दिनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पनि सूचना जारी गर्दै सडक अवरुद्ध हुने विषयमा जानकारी गराएको छ । यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ ।

भेरी कोरिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि तल्लुबगर सम्मको ४० किलोमिटर सडक स्तरोन्नतिको निर्माण कार्य हाल चलिरहेको छ ।सडक स्तर वृद्धिका साथै  कालोपत्रे गर्ने गरी यती बिल्डर्सले निर्माण कार्य सञ्चालन गरिरहेको छ  । 

बिज्ञापन