राजनीति

माधव नेपाललाई राष्ट्रपति र पार्टी एकताको चर्चालाई प्रदीप ज्ञवालीले गरे खारेज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माधव नेपाललाई राष्ट्रपतिसहित नेकपा एससँग पार्टी एकताको चर्चालाई खारेज गरेका छन् ।

अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तारमा मात्र सीमित भएको उनको जिकिर छ ।

बिज्ञापन

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत नेता ज्ञवालीले संकटका बेला पार्टीलाई साथ दिएका नेता-कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नगर्ने भन्दै आश्वस्त पारेका छन् ।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसाल झैं उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन’, उनले लेखेका छन् ।

इतिहासका केही घटना बिर्सन नसकिने र बिर्सन नहुने खालको हुने ज्ञवालीको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।