सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान
लोक कल्याणकारी विज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्न दलहरूलाई पुस २७ गतेसम्म समय दिएको छ ।
कुनै एक दलको मात्र प्रदेशसभामा बहुमत नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न भनिएको छ ।
बिज्ञापन

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले बुधबार जारी गरेको सूचनामा पुस २७ गते बुधबार अपरान्ह ५ बजेसम्म दाबी पेश गरिसक्न दलहरूलाई समय दिइएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
