अछाममा चट्याङले ९ बाख्रामरे दुई गोठाला घाइते

अछाममा चट्याङ पर्दा ९ बाख्रामरेका छ्न भने २ बाख्रा गोठाला घाइते भएका छ्न।
जिल्लाको मेल्लेख गाउँपालिका वडा न. ६ षोडशादेवी स्थित बाहुनीगाउँ निवासी बिष्णु प्रसाद भट्टराई लगायत अन्य स्थानीयका ९ वटा बाख्रा सनिवार दिउसो स्थानीय वन बफाने चराउन लगेको अवस्थामा ठूलो मेलको रुखमाथी चट्याङपर्दा रुखमुनि ओतलागेर बसेका ९ वटा बाख्रा मरेका छ्न भने बाख्रा चराउन गएका २ घाइते भएको स्थानीयले बताए ।


बाख्रा चराउन गएकि बर्ष ११कि करुणा कुमारी भट्टराई,बर्ष ४२ कि पार्वती देवी भट्टराई घाइते भएको स्थानीय प्रकाश भट्टराईले बताए । चट्याङ लागेर गंगा जमुना बाख्रा फर्मका ७ बाख्रा, गंगादेवी भट्टराई र डण्डीका भट्टराईका एक एक बाख्रा गरि ९ बाख्रा मरेका हुन् । घाइतेमा पार्वती देवी भट्टराई गंगा जमुना बाख्रा फर्मकी प्रोप्राइटर हुन।
बाख्रा फर्मकी प्रोप्राइटर ४२ बर्षीय पार्वतीदेवी भट्टराई र ११
घाइते मध्य करुणा कुमारी भट्टराईको खुट्टामा रातो डाम देखिएको र पार्वती भट्टराईको शरीर झम झम भैरएको महसुस भएपछि बयालपाटा अस्पतालमा उपचारका लागी लगिएको र घाइते हरुको अवस्था सामान्य रहेको जनाएको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.