आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्जद्वारा विशाल नारी सत्संगको आयोजना

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेपालगन्ज, ४ चैत्र । सन्त निरंकारी मण्डल नेपाल, नेपालगन्जद्वारा विशाल नारी सत्संगको आयोजना गरिएको छ । गत फागुन २८ गते नेपालगन्जको पुरैनामा अवस्थित राम–जानकी मन्दिरको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा केन्द्रीय प्रचार विभाग दिल्लीबाट आउनु भएकी ज्ञान प्रचारक डा. उर्मिल जिन्दलले जब मनमा प्रभुको वास हुन जान्छ तब त्यो मन ईश्वरको मन्दिर हुन जान्छ । प्रभुको अनुसार कार्य गरिन्छ भने त्यो घर स्वर्ग बन्न जान्छ । हामीले यो मानव योनि कुनैपनि हालतमा प्रभुलाई प्राप्त गर्नको लागि मिलेको हो । तर जबसम्म हाम्रो मनमा प्रभुप्रति प्रेमको भावना जागृत हुँदैन तबसम्म हामी यस निरकारलाई आफ्नोमा मनमा स्थापित गर्न सक्दैनौ, उहाँले बताउनुभयो ।

उहाँले अगागि भन्नुभयो कि के उद्देश्य छ जीवनको जसको कारण हामीले प्रभुलाई प्राप्त गर्नु छ ? कसैलाई जान्नु र कसैको बारेमा जान्नु दुबै भिन्न–भिन्न कुराहरु हुन । कसैलाई जान्नु भनेको उसको रुप, रंग, आकार वा स्वरुपको बारेमा थाह पाउनु हो भने कसैको बारेमा थाह पाउनु भनेको उसको आनीबानी, स्वभाव, काम–कर्तव्यको बारेमा विस्तृत रुपमा जान्नु हो । यसरी प्रभुलाई जान्नको लागि संसारमा सबैको आ–आफ्नो तौर–तरीकाहरु रहेका रहेका छन् ।

बिज्ञापन

आफ्नो उदाहरण दिदै उहाँले भन्नुभयो कि म पेशाबाट डक्टर हुँ, आफ्नो सबै पढाई पनि गरे, सरकारी नौकरी पनि गरे, क्लिनिक पनि चलाए । एक दिन एक महात्माले भन्नुभयो कि के तपाई ईश्वरलाई देख्न चहानु हुन्छ ? तब उहाँले भन्नुभयो, म चहान्छु । तर ती महात्माले भनेकि म त ईश्वरलाई देखाई दिउला तर तिमीले यसलाई कसरी जान्न सक्छौ ? तब उहाँले भन्नुभयो कि मेरो मनबाट थाह हुने छ ।


कुनैपनि चीज सानो–ठुलो हुँदैन किनभने यदि ठुलोभन्दा पनि ठुलो आएको खण्डमा हामी त्यसलाई ठुलो भन्न जान्छौ र पहिलेको ठुलो उसको दाँजोमा सानो हुन जान्छ । यसरी कुनैपनि चीज सानो–ठुलो हुँदैन, कुैन तुलनाको कुरा हुँदैन । कुनै मान्छेको अवतारमा जन्मेकोलाई दुई–चार हात यता–उता लगाई दिएको खण्डमा हामी त्यसलाई ईश्वरको रुप सम्झन थाल्छौ । उहाँले भन्नुभयो कि दासीलाई महात्माले यस्तै चीज देखाउनु हुने छ कि कतै विजुली चम्किने छ, ठुलो आवाज आउने छ त्यति बेला दासीलाई थाह भइहाल्ने छ कि परमात्मा यही किनभने दासीले यही कुरा टी.भी. वा अरु माध्यमबाट देखेकी थिई बाल्यकालदेखि । महात्मा भन्न थाल्नुभयो कि पहिले यसको परिभाषा थाह पाउनु होस, पढेर आउनुहोस । यसरी जब ईश्वरको कुरा गर्छौभने भगवान रामको कुरा गछौ, भगवान श्रीकृष्णको कुरा गर्छौ, मोहब्वतको कुरा गर्छौ, जेसीस क्राईष्टको कुरा गर्छौ, गुरु गोन्दिको कुरा गर्छौ किनभने यिनीहरुले ईश्वरलाई प्राप्त गरे र संसारलाई पनि जागृत गरे । जसले जान्छ त्यसैले अरुलाई बताउन सक्छ, अरुलाई देखाउन सक्छ ।

उहाँले सबै धर्म ग्रन्थमा नाम अनेकौं भएपनि ईश्वर एउटै भएको उल्लेख गरिएको छ । बाइबल, भगवतगीता, कुरान आदि सबैमा भगवान एक भएको उल्लेख गरिएको छ । सम्पूर्ण संसार एउटै ईश्वर निराकारको सन्तान हुन । जस्तै पानीलाई विभिन्न नामले पुकारिन्छ । जस्तै कोहि जल भन्छ, कोहि निल भन्छ, कोहि वाटर भन्छ आदि । यस्ता दुनियाँमा धेरै भाषाहरु रहेका छन् जो पानीलाई अनेकौ नामले सम्बोधन गर्ने गर्छन् । यस्तै प्रकार ईश्वरलाई पनि संसारमा अनेकौं नामले पुकार्ने गर्दछन् तर ईश्वर एक रहेको छ । जब गुरु–पिर–पैगम्बर संसारमा आउने गर्दछन् भने यी विभिन्न भिन्नतालाई समाप्त गर्ने गर्दछन् । आज जुन धर्मले हाम्रो रक्षा गर्नुपर्ने थियो, त्यसले विभाजनको रेखा खिचिरहेको छ, एकापसमा वैमनष्यतालाई वढावा दिरहेको छ । एकले भन्छ मेरो धर्म ठुलो, अर्कोले भन्छ मेरो धर्म ठुलो । यसरी आज संसार धर्मको नाममा आपसमा लडि रहेको छ । तर जो गुरु–पिर–पैगम्बर संसारमा आउने गर्दछन् तिनीहरुले प्रष्ट रुपमा मानवको अगाडि ईश्वरलाई ल्याएर राखि दिन्छन् कि यही ईश्वर हो, आज यसैको अनेकता माथि लडाई भरहेको छ तर ईश्वर त यही एउटै हो भनेर प्रत्यक्ष दर्शन गराउने गर्दछन् र मानवमा रहेको सम्पूर्ण भ्रमको प्रदा हटेर यस निराकारको साक्षात दर्शन गर्न सफल हुन्छ उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ईश्वर एक, नजलाउन सकिन्छ, न भिजाउन सकिन्छ, न मर्छ, न जन्मन्छ, न कुनै रंग छ, कहिल्यै नाश हुँदैन, सर्व व्यापक छ, निर्भय, निवैर, कुनै आकार छैन, सबै कालमा एक नै छ भनेर श्रीकृष्णले बताउनु भएको छ । यस्तो निराकारलाई हामीले यस मानव योनिमा जिउँदै प्राप्त गर्नु पर्ने छ । यसलाई जान्नु आवश्यक छ । जसले यसलाई जान्दछ त्यसैले यसको दर्शन गराउन सक्छ । आज सत्गुरु माता जीले प्रत्यक्ष यस निराकारको दर्शन गराई रहनु भएको छ, यो हाम्रो लागि ठुलो शौभाग्यको अवस्था हो, उहाँले बताउनुभयो ।

सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले निरंकारी मिशनमा आउनुभन्दा पहिले हामी सूर्य, तारा, चन्द्रमा, वायु, जल, जीव, आकाश, आगो, धर्तीलाई ईश्वर भनेर पूजा गरिरहेका थियौं तर आज सत्गुरुको कृपाबाट साक्षात निराकारको दर्शन भयो र हामीलाई थाह भयो कि वास्तविक ईश्वर त यो रहेछ ।

केवल एउटै भक्त हनुमानको पूजा हुने कुरा उल्लेख गर्दै हनुमानको मात्र किन पूजा गरिन्छ भन्दा उहाँले भन्नुभयो कि जतिखेर सीतालाई खोज्नुमा जस–जसले मद्दत पु¥याएका थिए उनीहरुलाई भगवान रामले जे माग्नु छ माग भन्दा सबैले आ–आफ्नो इच्छाको वर मागे जब हनुमानको पालो आयो तब उनले भनेकी हजूरले मलाई सबै कुरा दिनुभएको छ, यसभन्दा अरु म के मागुभन्दा रामले भन्नुभयो कि होइन, तिमीले कुनै न कुनै वर माग्नु नै पर्छ । तब हनुमानले भनेकि म हजूरको श्रीचरणबाट कहिल्यै विछोड हुन नपाउँ । चरणको सधैं दास भएर बस्न सकु तब रामले उनलाई आशीर्वाद दिदै भन्नुभयो कि संसारमा तिम्रो पूजा हुने छ, मेरो एक मन्दिर भए तिम्रा दश मन्दिर बन्ने छन् । त्यसैले आज प्रत्येक ठाउँमा हनुमानको पूजा भइरहेको बताउनुभयो ।

यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय ज्ञान प्रचार विभाग प्रमुख देवराज रिमालले सन्त निरंकारी मिशन कुनै धर्म वा सम्प्रदाय नभई एक आध्यात्मिक विचारधारा हो बताउँदै सन्त निरंकारी मिशनले धर्म परिवर्तन होइन भावना परिवर्त गराउँछ । यसले न त कुनै नयाँ रितिरिवाजको सिर्जना गर्छ, न त कुनै पुरानो रितिरिवाजलाई हटाउँछ । यसले केवल ईश्वर–परमात्मासंग मात्र सम्बन्ध राख्ने बाटो देखाउँछ बताउनुभयो ।

उहाँले परमात्मालाई जान्न सकिन्छ र यसलाई जानेपछि मात्र भक्ति सम्भव छ । प्रभुलाई जानेबिना गरिएको भक्ति कुनै सार्थक हुन सक्दैन वा त्यो प्रवल हुन सक्दैन । भक्ति परमात्मा प्रति उत्पन्न भएको प्रेम भक्ति हो । यसको लागि हामी सबैको जीवनमा परमात्माको वास हुन आवश्यक छ । त्यसपछि मात्र परमात्मासंग प्रेम सम्भव छ । जब प्रेम सम्भव हुन्छ तब भक्तिको शुभारम्भ हुने गर्दछ । आज परमात्माको जानकारी वर्तमान सत्गुरु माता सुदीक्षा महाराजले गराई राख्नु भएको छ बताउनुभयो ।

त्यस्तै देहरादूनबाट आउनु भएका ज्ञान प्रचारक ज्ञान सिंह गुरुङले चौरासी लाख योनि काटेर बल्ल मानव योनि मिलेको हो । यो मानव योनि यस निराकारलाई प्राप्त गर्नको लागि मिलेको हो । यदि यस योनिमा पनि हामी माया जालमा फसेर यस परमात्मालाई प्राप्त गर्न सक्दैनौ भने कुनै योनिमा पनि प्राप्त गर्न सक्दैनौ किनभने मानव योनि भनेको चेतन योनि हो । यस योनिमा परमात्माले मानवलाई चेतना परमात्मालाई जान्नको लागि दिएको उहाँले बताउनुभयो ।

यसरी नै दिल्लीबाट आउनु भएकी रेखा भाटियाले निरंकारी मिशन कुनै धर्म परिवर्तनको मिशन नभएर मानवताको मिशन हो, आध्यात्मवाद र मानवताको मिशन हो । विश्वलाई एक मञ्चमा ल्याएर उभ्याउनेको मिशन हो बताउनुभयो । परमात्मा सर्वव्यापक र कण–कणमा रहेको बताउँदै यस्तो परमात्मालाई यस मानव योनिमा प्राप्त गर्नु आवश्यक छ ।

सन्त निरंकारी सत्संग भवन नेपालगन्जका मुखी शीव कुमार गोडियाले जुन घरमा नारी दुःखी हुन्छ भने त्यो नर्क समान हुन्छ, त्यो घरमा कहिल्यै सुख–शान्ति आउन सक्दैन । सत्गुरुले हामी सबैलाई आशीर्वाद प्रदान गरुन कि हाम्रा घरका नारी हाम्रो कारण दुःखी नहुन । सधैं सुख–शान्तिमा उनीहरुको जीवन ब्यातित हुन सकोस भन्ने कामना गर्नुभयो । उहाँले अन्तमा सबै आगन्तुक सन्त–भक्त, पाहुना र नेपालगन्ज भवनको पर्खाल बनाउन सहयोग पु¥याएका मेयर तथा सत्संगको आयोजना गर्न अनुमति दिने राम–जनकी मन्दिरका पूजारीलाई ह्दयदेखि धन्यवाद दिनुभयो ।

जाजरकोट, सल्यान, सुर्खेत, दाङ, बाँके, बर्दिया, रुपडिया आदि विभिन्न ठाउँबाट सन्त–भक्तहरुको सहभागिता रहेको उक्त नारी सत्संगमा जगत (दिल्ली), पवन कुमार सोनी, सपना, भगवती, अनुपमा, लिला घर्तीमगर, सुशीला, निशा, शारदा जी.सी., धानी आदिले भजन वा प्रवचनको माध्यमबाट आ–आफ्नो भाव व्यक्त गरेका थिए भने सत्संगको कार्यक्रमको संचालन सुस्मिता श्रेष्ठले गरेकी थिइन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।