घटना समाचार

जम्मु-कश्मीरमा भारतीय सेनामाथि आक्रमण हुँदा ५ जनाको मृत्यु

बिज्ञापन

काठमाडौं । जम्मु–कश्मीरमा भारतीय सेना चढेको गाडीमाथि आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ ।

बिज्ञापन

बिहीबार दिउँसो चरमपन्थी समूहले जम्मु कश्मीरको पुँछ भन्ने स्थानमा भारतीय सेना चढेको गाडीमा ग्रिनेड आक्रमण गर्दा ५ सेनाको मृत्यु भएको हो ।

भारतीय सेनाको नर्दन कमाण्ड हेडक्वाटरले विज्ञप्ति जारी गर्दै सेना चढेको गाडीमा चरमपन्थीहरुले हाते ग्रिनेडले आक्रमण गरेको राष्ट्रिय राइफल्सका पाँच जवानको मृत्यु भएको जानकारी दिएको छ ।

बिज्ञापन