सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउँछौं : रवि लामिछाने

१२ वैशाख, चितवन । चितवन-२ को उपनिर्वाचनमा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको एजेन्डामा टेकेर समृद्धि ल्याउने बताएका छन् ।
भारी मतान्तरसहित दोस्रोपटक चितवन-२ बाट विजयी भएका लामिछानेले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिंदै जनताले खोजेको भष्ट्राचार नियन्त्रण र सुशासन भएकोले आफूहरुले मुख्य जोड त्यसैमा रहने बताए ।

उनले भष्ट्राचारसहित सरकारी संयन्त्र र जनताले अनुभूत हुने गरी सुशासन कायम गर्न लागिपर्ने बताए । आमअपेक्षा पनि यहीँ रहेकोले सोही अनुसार मत पाएको उनको दाबी छ ।
सभापति लामिछानेले अहिलेको सरकारलाई दिएको विश्वासको मतका बारेमा सोचेर सल्लाह गरेर पुनर्विचार गर्ने बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
