आस्था /आध्यात्मबिश्व

१५६देशको पवित्र जलले जलाभिषेक गरि राम मन्दिर पुनरस्थापना संगै नेपाल हिन्दु राष्ट्र पुनर्स्थापनामा बल पुग्ने बढ्दै विस्वास

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ ,भारतका पुर्ब प्रधानमन्त्री अटल विहारी वाजपेयी तथा सिवसेना प्रमुख हिन्दु ह्रदय सम्राट बालासाहेब ठाकरेले राजनीति प्रतिष्ठाको हिसाबले सधै अघि बढाएको मुद्दाको रुपमा रहेको राम मन्दिर प्रधानमन्त्री नरेन्द्र मोदिको कार्यकालमा राम मन्दिर  पुनरस्थापना गर्न सफल भएको छ।
आइतबार 23 अप्रिल २०२३को दिनमा दिल्ली स्टुडी ग्रुम अध्यक्ष तथा पुर्व विधायक विजय जोलिको नेतृत्वमा बिश्व भरिका १५५ देश हरु बाट पवित्र जल सहित भारतको अयोध्यामा जलाभिषेक कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा ४० भन्दा धेरै मुलुकमा कार्यरत भारतिय हरुले पनि भाग लिएका थिए  साथै जय श्रीराम को नारा लगायर विभिन्न देशका राजदुत तथा राजनीतिकर्मीको पनि उपस्थिति रहेको थियो  जस मध्य नेपाल,फिजी,मंगोलिया,डेनमार्क ,भुटान ,रोमानीयां,हाइटी,ग्रीस,कोरोमोस,कबेवर्डे,मोन्टिनिग्रो,टुवालु, अल्बानिया,तिब्बत ,लगायतदेश बात प्रतिनिधि हरुको भौतिक उपस्थिति रहेको थियो भने भुटान सुरीनाम,फिजी,श्रीलंका ,तथा कम्बोडियाका राष्ट्रप्रमुखले सो अवसरमा शुभकामना सन्देश पठएका थिए

बिज्ञापन

उक्त कार्यक्रममा  स्वागत मन्तव्यमा डा विजय जोलीले बाबरको जन्मभूमि उज्वेकिस्तानको एन्डिजान सहरबाट आएको प्रसिद्ध कशक दर्या नदीको पवित्र जल विशेषगरी अयोध्या राम मन्दिर जलाभिषेकका लागि भारत पुगेको बताए । यससँगै अयोध्याको राम मन्दिर जलाभिषेकका लागि युद्धग्रस्त मुलुक रुस र युक्रेनबाट जल सँगै चीन र पाकिस्तानको जल पनि भारत पुग्यो ।

डा जोलीले भारत मात्रै नभई विश्वभरका जनताको भगवान श्रीरामप्रति आस्था र विश्वास रहेको बताउनुभयो । यो विश्वव्यापी जल संकलन गर्न साढे दुई वर्ष लाग्यो
उक्त  ऐतिहासिक समारोहमा हिन्दु हृदय सम्राट सिवसेना प्रमुख स्व:बालासाहेव ठाकरेको परिवार प्रतिनिधिको रुपमा नेपाली श्रमिक कामगार सेना का राष्ट्रिय अध्यक्ष राज ठाकुर (माष्टर थापा) लगायत थुप्रै प्रवासी नेपाली हरुको उपस्तिथि रहेको थियो । उक्त कुराले नेपाललाई हिन्दु राष्ट्र पुनर्स्थापना गर्न बल पुग्ने बिश्वास व्याक्त गरेका छ्न।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।