सप्तकोशी नदीमा ट्रक खस्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौँ– सुनसरी र सप्तरीको सिमानामा पर्ने कोशी ब्यारेजको पुलबाट ट्रक नदीमा खसेको छ ।
आज बिहान ७ः४० बजेतिर बससँग ठोक्किएर ट्रक नदीमा खसेको हो ।
बिज्ञापन

नदीमा खसेको ट्रक बेपत्ता भएको प्रहरीले जनाएको छ । यद्यपि, प्रहरीले ट्रकमा सवार तीन जनालाई भने सकुशल उद्धार गर्न सफल भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा ठोक्किएर दुर्घटना भएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
