Sudur Pradesh News

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु, २३ घाइते

बिज्ञापन

अछाम, ७ साउन । अछाममा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । 

बिज्ञापन

पञ्चदेवल नगरपालिका– ४ कालिकास्थान नजिकै मलामी बोकेको ट्याक्टर दुर्घटनामा पञ्चदेवल नगरपालिका– ६ का अन्दाजी २३ बर्षीय बिर्ख विकको मृत्यु भएको हो ।

भे १ त ६७५६ नम्बरको ट्याक्टरको ट्राली पल्टिदा भएको दुर्घटनामा अन्य २३ जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो।

बिज्ञापन