धर्मका नाममा यौन दुराचार गर्ने पास्टर पक्राउ

एजेन्सी – अमेरिकाको लुसियाना, टेरीटाउनस्थित एक चर्चका पास्टर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । किरोशावस्थाका दुई नाबालकमाथि दूराचार गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
यी पास्टरमाथि एक १५ वर्ष र अर्का १६ वर्षका बालकलाई नग्न बनाएर आफुसँगै सुत्न बाध्य बनाएको तथा यौन दुराचार गरेको आरोप छ । यस्तो क्रियाकलाप गर्दा ” यशुले मान्छे बन्न सघाउने” भन्दै उनले बालकहरूलाई भ्रमित गर्ने गरेका थिए ।

६३ वर्षीय टेरी रिड यसअघि पनि दुर्व्यवहारकै आरोपमा दुईपटक पक्राउ परेका थिए ।
उनी टेरीटाउनस्थित भेसल्स अफ क्राइस्ट मिनिस्ट्री चर्चका पास्टर हुन् । उनीहरूद्ध बलात्कार, क्रुर व्यवहार र यौन दूराचारको अभियोग लगाइएको छ । यसअघि सन् २०१७ मा पनि उनी यौन दुराचारकै अभियोगमा पक्राउ परेका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
