नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण : पक्राउ पर्ने डाक्टरको संख्या ७ पुग्यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । इशान बाल अस्पताल धापासीमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङबाट मनिष चौधरी पक्राउ परेसँगै सीआईबीले चलाएको अपरेशन फोक्सट्रोट चार्लीमा समातिनेको संख्या ७ पुगेको हो ।
ब्युरोले बिहीबार कांग्रेस सांसद् सुनिल शर्मालाई समेत पक्राउ गरेको थियो । शर्मा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन् । बिहीबार सीआईबीले शर्मा सहित महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाहलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई ब्युरोले लाजिम्पाटस्थित आफ्नो नयाँ कार्यालयमा राखेको छ । ब्युरोकी निर्देशक किरण बज्राचार्यले विगतदेखि नक्कली प्रमाणपत्र वाहक चिकित्सकहरुमाथि भइरहेको अपरेशनकै निरन्तरतामा विभिन्न व्यक्तिहरु पक्राउ परेको बताइन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
