राष्ट्रिय समाचार

नागढुंगाबाट ३५ लाख रुपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । प्रहरीले काठमाडौंको नागढुंगाबाट ३५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको छ ।

भैरहवाबाट आएको गाडीमा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । उक्त रकम लिन आइपुगेका २ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको थियो । घटनाको अनुसन्धानमा थप ७ जना पक्राउ परेका छन् । प्रहरीले भक्तपुरबाट पनि १५ लाख रूपैयाँभन्दा बढी नक्कली नेपाली नोट बरामद गरेको बुझिएको छ ।

बिज्ञापन

पैसा छाप्न प्रयोग गरिएको मेसिन पनि बरामद भएको छ । यसबारे काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गर्दैछ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।