बिश्व

अमेरिकामा आगलागीमा परी ६७ जनाको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो ।

लोक कल्याणकारी विज्ञापन

धेरै ठाउँमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । हवाईका गभर्नर जोस ग्रीनले माउईमा मात्रै मृत्यु हुनेको संख्या ५९ पुगेको बताए ।

लोक कल्याणकारी विज्ञापन

सयौं नागरिक बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। यो राज्यको इतिहासमै अहिलेसम्मको सबैभन्दा ठूलो प्राकृतिक विपद्‌का रूपमा लिइएको छ। आगोले भयङ्कर रूप लिएको छ। यसैबीच स्थानीयलाई आगोबाट भएको क्षतिको आकलन गर्न शुक्रबार केही समयका लागि घर फर्किन अनुमति दिइएको थियो।

बिज्ञापन

ऐतिहासिक सहरको अधिकांश भाग नष्ट भएको छ। सहरमा राति १० बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको छ। केही क्षेत्रमा भने उद्धारकर्मीलाई जान भने प्रशासनले अनुमति दिएको छ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन