सुदूरपश्चिम प्रदेश

अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको बुढीतोलामा अवरुद्ध भीमदत्त राजमार्ग आंशिक रुपमा सुचारु भएको छ। प्रदेश ट्राफिक प्रहरी अत्तरियाका अनुसार बुढीतोलाबाट खाली ट्रक र टप्पर गन्तव्यतिर जान लागेका हुन्। 

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर–४ बुढीतोलामा भासिएको सडक मर्मत भएपछि खाली ट्रक र टिप्पर तराई झर्न सुरु भएको ट्राफिक प्रहरीले जनाएको छ। जमिन मुनी पानी भएकाले सडकमा समेत हिलोे छ। हिलोमा अन्य यातायातका साधन फस्ने भएकाले सञ्चालन गर्न दिइएको छैन।

बिज्ञापन

शनिवार वर्षा भएपछि यातायात बन्द हुने छ। वर्षा नभएपछि मात्र यातायात सञ्चालन गर्न सकिने ट्राफिक प्रहरीले बताएको छ। गत सोमवार रातिको वर्षाले भीमदत्त राजमार्गमा पहिरो गएको थियो।

राजमार्गको भ्यागुते पानी, बुढी तोला लगायतका क्षेत्रमा पहिरो गएको हो। पहिरोका कारण सुदूर पहाडका सात जिल्लाका सडक सम्पर्क टुटेको छ। सडक अवरुद्ध भएपछि चालकसँगै यात्रुले समेत अनावश्यक दुःख पाइरहेका छन्। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।