इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ । मंगलबार इस्लामावाद उच्च अदालतले उनलाई सुनाइएको तीन वर्षको जेल सजाय खारेज गरेको हो ।
मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक मेहमुदको संयुक्त इजलासले ट्रायल कोर्टले सुनाएको आदेश खारेज गरेको हो।

ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो । उक्त आदेशमा खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराइएको थियो ।
उक्त आदेशविरुद्ध इमरानले उच्च अदालतमा पुनरावेदन गरेका थिए। पाकिस्तानमा अबको केही महिनामा आमनिर्वाचन हुँदै छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
