टीकापुर

रेशम चौधरी बने कार्यकारी अध्यक्ष

बिज्ञापन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक रेशम चौधरीलाई दिएको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।

बिज्ञापन

हाल सो पार्टीको अध्यक्ष रञ्जिता चौधरी छन् । तर, रञ्जिताले महाधिवेशनको सम्पूर्ण तयारी गर्न नभ्याउने भन्दै बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो ।

बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुँदैछ ।

बिज्ञापन