बिश्व

कर्मचारीलाई टोकेपछि बाइडेनले कुकुरलाई घरबाट निकाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कुकुरलाई घरबाट निकालिदिएका छन् । राष्ट्रपति निवास ह्वाइट हाउसमा धेरै जनालाई टोकेपछि कमान्डर नामक उक्त कुकुरलाई घर निकाला गरिएको हो ।

जो बाइडेन पत्नी तथा प्रथम महिला जिल बाइडेनका प्रवक्ताका अनुसार दुई वर्षे उक्त जर्मन शेर्फड कुकुरलाई अब के गर्ने भन्ने चाहिं निर्णय भैसकेको छ । गत हप्तामात्रै कमान्डरले सेक्रेट सर्भिसका एक कर्मचारीलाई टोक्दा उनको उपचार नै गर्नुपरेको थियो ।

बिज्ञापन

यो कुकुरले हालसम्म ह्वाइट हाउस परिसरका साथै डेलावेरस्थित निवासमा सुरक्षा गार्ड तथा कर्मचारीलाई गरी ११ पटक टोकिसकेको छ । यद्यपि हाल कमान्डर कुकुरलाई कहाँ राखिएको छ अनि भविष्यमा पुनः ह्वाइट हाउसमा फर्किने सम्भावना कति छ भन्ने बारेमा खुलाइएको छैन ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।