राष्ट्रिय समाचार

बिदेशी संग हाम्रो वार्ता राष्ट्रिय हितका निम्ति हुन्छ :के पी ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ : नेकपा एमाले पार्टी कार्यलय च्यासलमा आयोजित प्रवासी नेपाली संघ भारत केन्द्रिय समितिको तेस्रो बैठकको उद्घाटन कार्यक्रममामा बोल्दै एमाले अध्यक्ष के पी शर्मा ओलीले नेकपा एमालेले जहिले बिदेशी संग राष्ट्रियहितका निम्ति वार्ता गर्ने गर्दै छ तर केहि राजनीति पार्टी हरु आफ्नो सत्ता टेकाउन बिदेशी हरुसंग वार्ता गर्नेगरेका छन भन्दै सत्ता गठबन्धन तिर अन्कित गर्नुभयो ।

सन १९६६ देखि निरन्तर भारत प्रवासमा प्रवासी नेपाली हरुको अन्तर्राष्ट्रिय अधिकार प्राप्तिको निम्ति निरन्तर सामाजिक कार्यमा सक्रिय रहेको प्रवासी नेपाली संघ भारतका अध्यक्ष नारायण प्रसाद हुमागाइको अध्यक्षतामा बसेको बैठक बुधबार बाट निरन्तर असोज २६ गते अध्यक्ष ओलिले समापन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा पार्टी सचीव प्रदीप ज्ञवालिले उपस्थित सबैलाई प्रशिक्षण गरिराख्नु भएको छ।

बिज्ञापन

कार्यक्रमको संचालन पार्टी स्कुल बिभाग सचिव घनश्याम कोइरालाले गरिरहेका छन। प्रवासी नेपाली संघका केन्द्रिय सदस्य पुर्ब अध्यक्ष ,पुर्ब महासचिव लगायतको उपस्थिति रहेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।