बिश्व

इजरायल-हमास युद्ध : मृत्यु हुनेको संख्या २५ सय पुग्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

इजरायल- इजरायल र हमासबीचको युद्ध छैठौं दिनमा प्रवेश गरेकाे छ।  इजरायलले हमास विरुद्धको जवाफी कारबाही जारी राखेको छ।

इजरायले गाजापट्टीमा इजरायली बम बर्षक बिमानबाट गोलाबारी जारी राखेको छ। गत शनिबार कब्जामा लिएका १ सय ५० जना नागरिकहरुको रिहा नगरेसम्म गाजापट्टीमा आक्रमण तीब्र पार्ने घोषणा इजरायलले गरेको छ ।

बिज्ञापन

उता हमासले भने सर्वसाधारणलाई सूचना नदिइ आक्रमण गरेको खण्डमा आफनो कब्जामा रहेकाहरुको हत्या गर्ने चेतावनी दिंदै आएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो युद्धमा प्यालेस्टाइन बिद्रोही समुह हमासको नामो निशान मेट्ने दाबी समेत गरेका छन्।

इजरायल र हमासबीचको युद्धमा हालसम्म करिब २५ सयको मृत्यु भइसकेको छ । इजरायलतर्फ १३ सयको ज्यान जाँदा हमासतर्फ जवाफी आक्रमणमा गाजामा १५ सयको मृत्यु भइसकेको छ । दुबैतर्फ गरी आक्रमणमा घाइते हुनेको संख्या ४ हजार बढी पुगिसकेको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।