राजनीति

कोशीमा सरकार भत्काउने गठबन्धनको प्रपञ्च छ, मुख्यमन्त्री इमानदार रहेसम्म समर्थन गर्छौं : पोखरेल

बिज्ञापन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशीमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको आरोप लगाएका छन्।

बिज्ञापन

प्रेस चौतारी सिन्धुलीले गरेको पत्रकार सम्मेलनमा बोल्दै कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिने बताए।

उनले भने, ‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने कुरा हाम्रो रहेको छ। यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ। जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको छ। मुख्यमन्त्री जसको जगमा हुनुभएको छ उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु। उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ।

कोशीमा सरकार विहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको बताए। आजको संवैधानिक व्याख्याको परिस्थितिको रूपमा अहिलेको सरकार बनेको बताए।

बिज्ञापन