राजनीति

एमालेको दावी- कोशी सरकार भत्काउन गठबन्धन लागिसक्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा गठबन्धनले सरकार भत्काउने प्रपञ्च थालिसकेको दावी गरेका गरेका छन् । प्रेस चौतारी सिन्धुलीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

महासचिव पोखरलले कोशीका मुख्यमन्त्री केदार कार्की इमानदार ढंगले अघि बढेसम्म एमालेले साथ दिनेसमेत बताए । ‘अहिलेको गठबन्धन असफल भएको परिप्रेक्षमा कोशीले एउटा उदाहरण दिनुपर्छ भन्ने हाम्रो कुरा हो’ उनले भने, ‘यद्यपि सत्ता गठबन्धन सरकार भत्काउने दाउपेचपूर्ण राजनीतिमा जान खोजेको छ ।’

लोक कल्याणकारी विज्ञापन

उनले अहिले कोशीमा जसको जगमा सरकार निर्माण भएको छ, त्यसलाई भत्काउने प्रपञ्च सुरु भइसकेको दावी गर्दै भने, ‘मुख्यमन्त्री जसको जगमा हुनुभएको छ, उहाँले आफ्नो इमान कायम राख्नुहुन्छ भन्ने ठान्छु । उहाँ इमानदारितापूर्वक अगाडि बढेसम्म हाम्रो साथ रहन्छ ।’

बिज्ञापन

महासचिव पोखरेलले कोशीमा सरकारविहीन हुन नदिन कांग्रेस नेतालाई समर्थन गरेको पनि बताए । कांग्रेस नेता शेखर कोइरला समूहका केदार कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका छन् । उनी एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन