कोशीमा एमाले र विद्रोही कांग्रेसको सरकार गठन, मुख्यमन्त्रीसँगै दुवै पक्षबाट एक-एकजना मन्त्रीको शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले शपथ लिएका छन् । उनलाईं प्रदेश प्रमुख परशुराम खापुङ्गले पद तथा गोपनीयताको शपथ गराए । सुरूमा एमालेबाट २ जना र कांग्रेसबाट १ जनालाई मन्त्री नियुक्त गर्ने तयारी थियो ।
तर, केदार कार्कीलाई साथ दिएका सांसदमध्येबाट २ जनालाई बनाउनुपर्ने भएपछि आज मुख्यमन्त्रीसहित दुवै पक्षबाट १-१ जनाको मात्र शपथ गराइएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीबीचको छलफलमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी थियो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री बनाउने तयारीमा थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
