विषाक्त धुवाँका कारण नयाँदिल्लीमा विद्यालय बन्द

नयाँदिल्ली। विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।
किसानले जलाएको परालको धुवाँ, सवारी साधनबाट निस्कने धुवाँ र कारखानाको उत्सर्जनले हरेक जाडोयाममा राजधानी नयाँदिल्लीलाई घातक धुवाँले ढाक्छ ।

अनुगमन गर्ने संस्था आइक्यूएयरका अनुसार शुक्रबार सबैभन्दा खतरनाक पिएम२.५ कणहरूको स्तर विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेकोभन्दा दैनिक ३५ गुणा अधिक थियो । पिएम२.५ कण रक्त प्रवाहमा प्रवेश गर्नसक्ने अति सानो कण हो ।
नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा दुई दिनका लागि बन्द रहने घोषणा गर्नुभएको थियो ।एएफपी
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
