उद्दार र राहतका लागि ५० लाख दिने कांग्रेसको घाेषणा

काठमाडौं – नेपाली कांग्रेसले जाजरकोट भुकम्प पीडितका लागि उद्धार, राहत र पुन: स्थापना लागि सरकारको कोषमा ५० लाख दिने घोषणा गरेको छ।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएको घटनाले समस्त नेपालीलाई मर्माहत र दु: खी बनाएको जनाएको छ।

कांग्रेसले सरकार, राजनैतिक दलहरु, संघ–संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ।
‘यसैक्रममा भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले रु. ५०,००,०००।– (पचास लाख) नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरिएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न नेपाली कांग्रेस अपील गर्दछ ।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
