महोत्तरीबाट एकसाथ हराएका ५ किशोरी ढल्केबरमा भेटिए

जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका-२ बाट एकसाथ बेपत्ता ५ किशोरी धनुषाको ढल्केबरमा फेला परेकी छन् ।
मंगलबार बिहानबाटै औरही नगरपालिका २ की १६ वर्षीया वसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षिया संगीता सदा, १५ वर्षिया राजन सदा, २० वर्षीया रुबी सदा बेपत्ता भएका थिए ।

उनीहरू पाँचैजनालाई ढल्केबर चोकमा ड्यूटीमा खटिएका प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्स्पेक्टर राजकिशोर साहले जानकारी दिए ।
‘राति कहाँ बसेको र कता जान लागेको भनी सोध्यौं । घुम्न हिँडेको मात्र भनिरहेका छौं । थप अनुसन्धान भइरहेको छ’, साहले भने ।
उनीहरूलाई जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरी पठाउने तयारी गरिएको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
