राष्ट्रिय समाचार

सामाजिक सद्भावका लागि टिकटक बन्द गर्ने निर्णय गर्यौ : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव बचाउने उद्देश्यले सबै दलको सहमतिमा टिकटकमाथि प्रतिबन्ध गर्ने निर्णय गरिएको बताएका छन् ।

बिज्ञापन

नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिए पनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।

‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रूपमा पनि सबभन्दा लोकतान्त्रिक र विकसित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहन्छु ।’ अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उनको भनाई छ ।

‘नेपालमा विकृति विसङ्गति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरूको चित्त बुझेको छैन । छलफल हुँदै जाला ।कन्भिन्स हुँदै जाने प्रक्रिया होला ।’

त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रूपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।

बिज्ञापन