राष्ट्रिय समाचार

भारतीय माला सस्तोमा बेचेपछि नेपाली माला भएनन् बिक्री, बुटवलमा सडकमै फालेर हिंडे किसान

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बुटवलमा तिहारका लागि बेच्न राखेका मालाहरु बिक्री नभएपछि किसानले मुख्य सडकमै फालेर हिंडेका छन् ।

उनीहरुले तिहारको लागि आफ्नो तथा छिमेकी किसानको घरबाट खरिद गरेर बेच्नको लागि तयारी गरेपति भारतीय फूलका माला नेपाली भन्दा निकै सस्तो मूल्यमा बजारमा आएकाले आफूहरुले बजार नपाएको जनाएका छन् ।

बिज्ञापन

उनीहरुले भारतबाट ल्याइएका माला नेपाली मालाभन्दा निकै सस्तोमा बेचिएको तर यहाँका मालाले बजार नपाएको बताए ।

किसानहरुका अनुसार केही दिनअघि भारतीय बजारबाट लुकिछिपि ल्याइएका यस्ता माला रोक्न प्रशासनले ध्यान नदिएका कारण यस्तो समस्या भएको बताए ।

‘यो वर्ष भारतीय माला कसरी भित्रियो थाहा भएन, खरिद मूल्यभन्दा कममा बेच्दा पनि बिकेन, किसानहरुले कसरी चल्ने यस्तो अवस्थामा ? हिजो ४/५ हजार माला फालियोे, आज २०/२५ हजार माला फालेर अब यस्तो पेशा नै नगर्ने सोँच्न बाध्य बनायो’ माला फालेका किसान पशुपति घिमिरेले बताए ।

उनी अर्घाखाँचीबाट फूलको माला बेच्न बुटवलमा आएका थिए । स्थानीय योगेन्द्र गौतमले तिहारको भाइटीकाको अघिल्लो दिन बुटवलको ट्राफिकचोकमा किसानले माला नबिकेपछि फालेको बताए ।

‘तिहारमा बेच्न तयारी गरेर राखेका रहेछन्, उताबाट सस्तोमा आएकाले सस्तो बेच्नुभन्दा फालेर हिंड्न ठीक भनेर किसान तथा व्यापारीले फालेको देखियो’ गौतमले भने– नेपाली माला खरिद गरेको ८०।९० मा तर भारतीय माला ५० मा बेचेपछि कसरी बेच्न सकून्, भारतबाट ल्याइएकाहरु धेरैजसो बिक्री भए यहाँका फाल्नुपरो’ उनले भने ।
बुटवलमा पशुपति घिमिरे अर्घाखाची, रमेश बानिया रुपन्देही,प्रकाश खत्री पर्वत, भद्रबहादुर रायमाझी पाल्पाका किसानले सडकमा नेपाली माला फालेको बताएका छन् । तर बुटवलमै आफ्नो उत्पादन गरेर बेचेका फोकस मल्टीका संचालक राजेश कुँवरले आफूले उत्पादन गरेका मालाहरु भने बिक्री गर्न सफल भएको बताए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।