सीसँग भेटपछि बाइडेनको प्रतिक्रिया- उनी ‘तानाशाह’ नै हुन्
लोक कल्याणकारी विज्ञापन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनका राष्ट्रपति सी चिनफिङ ‘तानाशाह’ भएको आरोप लगाएका छन् ।
लोक कल्याणकारी विज्ञापन

एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सीसँग क्यालिफोर्नियामा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नमा बाइडेनले पुन एकपटक सी तानाशाह भएको आरोप लगाएका हुन् ।
लोक कल्याणकारी विज्ञापन

बाइडेनले यसअघि गत जुनमा पनि सी तानाशाह भएको आरोप लगाएका थिए । बाइडेनले भने, ‘उनी यस अर्थमा तानाशाह हुन् कि उनले यस्तो देशको सत्ता सम्हालेका छन्, त्यो कम्युनिस्ट देश हो, जसको सरकार हाम्रोभन्दा पूर्णतया फरक प्रणालीमा आधारित छ ।’
बिज्ञापन

लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

