दैवीप्रकोप

सन्त निरंकारी मण्डल नेपालद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुलाई राहत प्रदान

बिज्ञापन

टीकापुर, १० मंसिर । सन्त निरंकारी मण्डल नेपालद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितहरुलाई राहत प्रदान गरिएको छ ।

बिज्ञापन

गत मंसिर ५ गतेका दिन काठमाडौंको सिंहदरबार परिसरमा रहेको नेपाल बाणिज्य बैंकको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोष अन्र्तगत रहेको खातामा दुई लाख २५ हजार रुपैयाँ डिपोजिट गरेको सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नरबहादुर रावलले मालिका समाचारलाई बताउनुभयो ।

अध्यक्ष रावलले सन्त निरंकारी मण्डलले विश्वको जुनसुकै कुनामा जहिले पनि दैवी पिडितहरुको सहयोग गर्दै आएको उल्लेख गर्दै सन् २०१५ मा काठमाडौ लगायत त्यसको वरपरका क्षेत्रमा आएको ठुलो विनाशकारी भूकम्प पिडितहरुलाई सन्त निरंकारी मण्डलले घटना स्थलमै पुगेर राहत समाग्री पुरयाएको स्मरण गराउनु भयो । त्यस्तै सन् २०२० मा विश्व महामारीको रुपमा फैलिएको कोभिडको समय पनि भारतका अधिकांश सत्संग भवनहरु कोभिड सेन्टर र दिल्लीमा रहेको आफ्नो विशाल मैदानमा अस्थाई कोभिड अस्पतालको व्यवस्था गरेर हजारौं कोभिड पिडितहरुको सहयोग गरेको, त्यस्तै नेपालमा पनि सन्त निरंकारी मण्डलले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेर पिडितहरुको सहयोग गरेको बताउनुभयो ।

उक्त अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई उहाँको कार्यकक्षमा भेटगरि मण्डलको सिद्धान्त र उद्देश्य माथि छलफल गरिएको थियो । मन्त्रीसंग काठमाडौं हुन गइरहेको नेपाल समागम सम्बन्धि पनि चर्चा गरिएको थियो । सो अवसरमा प्रतिनिधिसभा सांसद रंञ्जु झा (ठाकुर), सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सचिव अनिल महर्जन, केन्द्रीय प्रचार विभाग प्रमुख देवराज रिमाल, केन्द्रीय सल्लाहकार श्रीराम काफ्ले, क्षेत्रिय सेवादल संचालक बाबुराज महर्जन आदिको उपस्थिति रहेको थियो ।

बिज्ञापन