प्रवाससहयोग तथा उदार

नेकपा एमालेको विशेष प्रदेश कमिटी प्रवासी नेपाली मञ्च द्वारा इजरायलमा मारिएका बिद्यार्थीका १० परिवार लाई १लाख ४०हजार दरले सहयोग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा एमालेको विशेष प्रदेश कमिटी प्रवासी नेपाली मंच द्वारा इजरायलमा हमास द्वारा मारिएका विद्यार्थिको परिवारलाई एक लाख चालिस हजारका दरले आर्थिक सहयोग  गरेको छ।

नेपाल कम्यूष्टि पार्टी एमाले टीकापुर नगर कमिटिको व्यवस्थापनमा इजरायलमा हमासको आक्रमणमा मारिएका  १० जना नेपाली विद्यार्थिको परिवारलाई एक लाख चालिस हजारका दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

बिज्ञापन

कार्यक्रमलाई नेकपा(एमाले)- प्रवासी नेपाली मञ्च अन्तराष्ट्रीय कमिटीको तर्फ़बाट रु १ लाख र प्रवासी नेपाली मञ्च इजरायलको तर्फ़वाट ४० हजार गरी १ लाख ४० हजारका दरले महिला शसक्तिकरण अभियानको कोषमा संकलित रकम हस्तान्तरण गरेको हो।


कार्यक्रममा नेकपा एमालेका कन्द्रिय  सदस्य तथा पूर्व मन्त्री गौरीशंकर चौधरीले सुदुरपश्चिम विश्वविद्यालयद्धारा संचालित “पढ्दै कमाउदै “कार्यक्रम विद्यार्थिका लागी राम्रो भए पनि दुर्घटनाबस घटेको घटनाप्रति मृतकका परिवारलाई धैर्य धारण गर्न आग्रह गर्नु भयो । साथै उहांले विपिन जोशी हाल सम्म पनि रिहाई नहुन नेपाल सरकारले खासै पहलकदमी गर्न नसकेको बताउनु भयो  ।


कार्यक्रममा प्रवासी नेपाली सम्पर्क  मञ्चका केन्द्रिय सचिवालय सदस्य डा. विमला भण्डारीले मृतकका परिवारलाई आर्थिक सहयोग नभई मृतकका परिवारको पिडामा मलम लगाउनमात्र खोजेको बताउनु भयो । उहांले प्रवासमा पिडा  बोक्ने र विभिन्न कारणले धोका खानेहरुलाई मञ्चले उनीहरुकोको अन्तर्राष्ट्रिय अधिकारको निम्ति आवाज उठाउदै बेला बेलामा यस्ता थुप्रै सहयोग गर्दै आएकोबताउनु भयो ।


ईजरायलमा मृत्यू भएका राजन फुलाराका काका टिका फुलाराले इजरायलमा मृत्यू भएका परिवारका सदस्यलाई अध्ययन गर्न सहयोग होस भनि १ लाख ५० हजार बराबरको अक्षय कोष स्थापना गर्दै ईजरायलमा मृत्यु भएकाहरुका परिवारलाई सम्झाना स्वरुप सुदुरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर बहुमुखी क्याम्पसमा १० जनाको शालिक निर्माण गर्नु पर्ने बताउनु भयो ।  उहांले हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई नेपाल ल्याउन सके मात्र आफुहरुलाई शान्ती मिल्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमालेका कार्यबहाक जिल्ला अध्यक्ष दुर्गा जोशी, टीकापुर बहमुखी क्याम्पस कृषि संकाय उप-प्रध्यापक सन्तोष उपाध्याय, ,विद्यार्थि नेता  हेमराज जोशी, मृतक परिवारका तर्फबाट जयन्ती विष्ट लगायतले बोल्नु भएको थियो । टीकापुर नगर कमिटीको आयोजनामा संचालन भएको उक्त कार्यक्रम संचालन हरिस न्यौपानेले संचालन गर्नु भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।