बिश्व

बंगलादेशमा आज आम निर्वाचन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । बंगलादेशमा आज आम निर्वाचन हुँदैछ । २ सय १९ सांसद चयनका लागि आमनिर्वाचन हुन लागेको हो ।

निर्वाचनमा १ हजार ८ सय ४८ उम्मेदवार मैदानमा उत्रिएका छन् । करिव १० करोड मतदाताले मताधिकार प्रयोग गर्ने आँकलन गरिएको छ । मतदानका लागि देशभर ४० हजार मतदान केन्द्र तोकिएको छ ।

बिज्ञापन

विपक्षी दलहरुले बहिष्कार गरेको यो निर्वाचनबाट प्रधानमन्त्री शेख हसिना वाजेद नै फेरि निर्वाचित हुने देखिन्छ । मुख्य विपक्षी दल बंगलादेश नेशनलिष्ट पार्टीले भाग नलिएको यो चुनावलाई अन्र्तराष्ट्रिय समुदायले मान्यता नदिने सम्भावना छ ।

पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई भ्रष्टाचारको आरोपमा जेल हालेपछि बंगलादेशको आन्तरिक राजनीति संकटमा जेलिदै गएको छ । ७३ वर्षीय जियालाई भ्रष्टाचारको आरोपमा ढाकास्थित काराबासमा राखिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।