एमाले धादिङ अध्यक्षमा भुमि त्रिपाठ निर्वाचित

काठमाडौं : नेकपा (एमाले)को धादिङ जिल्ला कमिटीको निर्वाचनको बाट अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन्
निर्वाचनको मतगणको परिणाम बिहीवार सार्वजनिक भएसंगै अध्यक्षमा भुमि त्रिपाठी अध्यक्षमा निर्वाचित भएको पार्टीको निर्वाचन मण्डलले जनाएको छ।
त्रिपाठीका प्रतिस्पर्धीका रुपमा रहेका रामकुमार अधिकारीलाई २७१ मत प्राप्त गरेका थिए भने त्रिपाठी ३०९ मत सहित विजयी भएका हुन् । त्रिपाठीले ३८ मतले अधिकारीलाई पछि पारेका छ्न।
यस्तै उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सचिवमा राधिका सापकोटा विजयी भएका छन् । उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तबहादुर लामिछाने विजयी भएका छन।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

