राष्ट्रिय समाचार

डीडीसीका महाप्रबन्धकलाई कार्यकक्षमै कालोमोसो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कालोमोसो दलिएको छ । डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।

संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमै पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ । केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

बिज्ञापन
बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।