भारतको गुजरातमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा साँकृतिक कार्यक्रम सम्पन्न

प्रवासी नेपाली संघ भारत गुजरात राज्य समिति अन्तर्गत पर्ने राजकोट नगर समितिको महिला विभाग द्ररा आयोजना गरेको ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस तथा सांस्कृतिक कार्यक्रम ८ मार्च २०२४ का दिन अरबिन्द मडियारहल जुबेलीमा भब्य रुपमा सम्पन्न भएको थियो। महिला बिभाग प्रमुख सिमा विकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन दिलिप परियारले गरेका थिए भने प्रमुख अतिथि प्रवासी नेपाली संघ भारत केन्द्रिय सचिवालय सदस्य तथा गुजरात राज्य समिति इन्चार्ज टेक रावल भीजन रहेका थिए।

त्यस्तै विशिष्ट अतिथि प्रवासी नेपाली संघ केन्द्रिय सल्लाहकार परिषद सदस्य रमेश परियार,अतिथिहरुमा क्रमशः गुजरात राज्य समिति उपसचिव करुणा परियार,गुजरात राज्य सचिवालय सदस्य तथा राजकोट नगर समिति इन्चार्ज टेक बहादुर परियार,राज्य सदस्य रामु सिंह विक, शिवराम कसेरा,धोज बहादुर विक, निशा सिंह ठकुरी, प्रकाश परियार, भारत भारती संस्था राजकोट प्रमुख लक्ष्मी बहन मिश्रा,सदस्य जय पुजारा,सेलेण्डर साहेव,संघकै राजकोट नगर समिति आर्थिक विभाग प्रमुख बालाराम महतारा,सांस्कृतिक विभाग प्रमुख राम प्रसाद भण्डारी, संघकै नगर सदस्य गणेश अएडी,पुरन परियार, खकेन्द्र परियार, प्रकाश परियार, संघ कै राजकोट नगर सल्लाहकार प्रमुख भीम टेलर,सदस्य सुरेन्द्र बुढा,पशुपति युवा कल्ब राजकोटका अध्यक्ष सुनिल विक,डिएचएल नेपाली स्कुल राजकोटका प्रतिनिधि कमल सोनी, राजकोट स्थित विभिन्न क्षेत्रका बस व्यावसायिहरुको उपस्थिति रहेको थियो।

प्रमुख अतिथि लगायत अतिथिहरु लाई लक्ष्मी महतारा र दुधकला परियारले व्याज, माला र टीका ग्रहण गरेर स्वागत गरेका थिए। प्रमुख अतिथि टेक रावल भीजन ले पानसमा दीप प्रज्ज्वलीत गरेर कार्यक्रमको उदघाटन गरेका थिए। पुजा सोनी ले स्वागत गर्नु भएको कार्यक्रम मा प्रमुख अतिथि टेक रावल भीजनले प्रकृतिले नारीलाई गहन जिम्मेवारी दिएको छ।
उनको अपमान गर्नु भनेको सृष्टि, रीती र जगतकै उपहास हो भन्ने कुरा इतिहासले प्रमाणित गरिसकेको छ। जसले नारीको सम्मान गर्यो, उसको यो लोकमा यश, दिर्घायु र प्रताप बढेकै हुन्छ। तपाईंको मन मस्तिष्कको उर्जा नारी हुन्, नारी निस्वार्थ धर्ती हुन,त्यो हृदयको स्पन्दन नारी हुन्, उनैको सामर्थ्यमा तपाई हाम्रो जीवन गतिशील र उर्जाशिल बनेको छ। तसर्थ, दुनियाँमा नारीको महिमा बुझौं। संघर्षबाट कहिले नथाक्ने नारीले हरेक चुनौतीहरु अंगीकार गर्न सकुन्, प्रत्येक निकायमा महिलाको प्रतिनिधित्व र सहभागिता होस्, आवश्यक अनुसारको अधिकार प्राप्त गरुन्, पाइला पाइलामा आत्मसंतुष्टी प्राप्त होस, भन्दै शुभकामना दिए।
त्यस्तै भारत भारती कि राजकोट प्रमुखले कार्यक्रम देखेर गर्व महसुस गर्दै महिलाको एकता नै सर्बोपरी हित हो यसलाई हामीले अवसरका रुपमा ग्रहण गर्नु पर्दछ भन्दै शुभकामना दिइन। त्यसतै विभिन्न क्षेत्र बाट आएका कलाकारहरूले आफ्नो नृत्य, देउडा खेल, स्टेज गित प्रस्तुत गरेका थिए।
बिचबिचमा देउडाखेल खेलेर महिलाहरुले रमाइलो गर्दै दर्शकहरुलाई मनोरञ्जन गराएका थिए। डिएचएल नेपाली स्कुल राजकोटका सानासाना नानीबाबुहरुले डाँफे झै नाच्ने, हिमाल झै हास्ने मिठो गितको बोल र धुनमा निकै धमाकेदार नृत्य प्रस्तुत गरे। उक्त नृत्य बाट दर्शकहरु निकै खुसी भएका थिए। हलमा पब्लिकको बाक्लो उपस्तिथि रहेको थियो।

प्रवासी नेपाली संघका सक्रिय महिला हरु..
कार्यक्रम मा सबै कलाकारहरूको कला र प्रतिभा लाई सम्मान स्वरूप प्रमाणपत्र प्रदान गरियो। कार्यक्रम व्यवस्थित रुपले सम्पन्न भएको थियोे।
समाचार स्रोत
टेक रावल भीजन गुजरात राजकोट
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.