राजनीति

को हुन् बझाङमा एमालेबाट निर्वाचित दमन भण्डारी ?

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बझाङ : बझाङमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै निर्वाचित भएका हुन् । सिंहले ११ हजार ३४६ मत प्राप्त गरे।

यसैगरी माओवादी केन्द्रका जनक बुढाले  ३ हजार ८३१ मत प्राप्त गरे। एकीकृत समाजवादीले २ हजार ५१४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिज्ञापन

वि.सं.२०२४ जेठ १४ गते छबिसपाथिभेरा गाउँपालिका –१ भण्डारी गाउँमा जन्मिएका भण्डारीले २०४१ सालमा एसएलसी दिएर काठमाडौं जाँदा अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । 

उनी नेपाल ल क्याम्पसबाट २०४२ सालमा अनेरास्ववीयुमा आवद्ध भएका थिए । उनले नेपाल ल क्याम्पसबाट बीएल गरेपछि बझाङ फर्किएर थुप्रै समाज सुधारका काम गरे । २०५४ सालमा उनी नेकपा मटेला गाविसका अध्यक्ष निर्वाचित भए । 

२०५५ साल नेकपा जिल्ला कमिटी सदस्य हुँदै २०५६ सालमा गाविस राष्ट्रिय महासंघका जिल्ला अध्यक्ष निर्वाचित हुन पुगे । त्यसपछि उनी युवा संघ नेपालका सेती अञ्चल सचिवसमेत बने । नेकपा एमालेभित्र राम्रो काम गर्दै गएका दमन २०६९ सालमा जिल्ला कमिटी सचिवका रुपमा चुनिए । 

२०७८ सालदेखि हालसम्म उनी नेकपा एमाले बझाङ जिल्ला कमिटी अध्यक्ष छन् । उनका एक श्रीमती र एक छोरी छन् । उनले यसअघि बझाङमा लैङ्गिक हिंसा विरुद्ध अभियान पनि चलाएका थिए । उनलाई एमालेभित्र सबैभन्दा इमान्दार,भद्र र शालिन पात्रका रुपमा लिने गरिन्छ। उपनिर्वाचनको मुखमा उनले बुबा गुमाएका थिए।

यस अगाडि प्रदेश सभा १ (क) मा २०७९ को निर्वाचनमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनी दुर्घटनामा परी निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो। तत्कालीन गठबन्धनका साझा उम्मेदवार बनेका सिंहले नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ७७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।