राजनीति

राप्रपा संसदीय दलको बैठक आज बस्दै, प्रधानमन्त्रीले लिने विश्वासको मतबारे निर्णय हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्ने भएको छ। सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न आज संसदीय दलको बैठक बस्न लागेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बैठकले संसदीय दलका नेताहरुसँग छलफल गरी पक्ष वा विपक्षमा निर्णय लिनेछ। बैठकले थप रणनीति तय गर्ने छ।

बिज्ञापन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई दिएको समर्थन एमाले, जसपा र नागरिक उन्मुक्तिले फिर्ता लिएका छन्। अहिले सरकारमा माओवादी केन्द्र,एकीकृत समाजवादी, रास्वपा रहेका छन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएर मन्त्रीले समेत राजीनामा दिएपछि शुक्रबार विश्वासको मत लिने कार्यसूची तय भएको छ। राप्रपाको प्रतिनिधिसभामा १४ सिट रहेको छ। राप्रपाले एमाले-कांग्रेसबीचको गठबन्धन र संविधान संशोधन गर्ने विषयलाई स्वागत गरेको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।