सुदूरपश्चिम प्रदेश

पावर टिलरको नाममा कैलारी गाउँपालिकाकी उपाध्यक्ष नै ठगिइन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीको कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरी ठगिएकी छन्।

सहकारीबाट पावर टिलर अनुदानमा पाउने आशामा एक लाख २५ हजार रुपैयाँ तिरेकी उपाध्यक्ष चौधरी ठगिन पुगेकी हुन्। जेठ २६ गते पावर टिलर वितरण गर्ने बताएपछि चौधरीले एक लाख २५ हजार रुपैयाँ दिएकी थिइन। योगेश योगी अध्यक्ष रहेको बाल सशक्तीकरण सहकारीले सो रकम लिएको हो। तर, सहकारीले पावर टिलर नदिएपछि उपाध्यक्ष नै ठगिएको विषय सार्वजनिक भएको छ।

बिज्ञापन

उपाध्यक्ष चौधरीले उनले भनिन्, ‘हाम्रो खेत अधिया दिएका छौ। अधिया बनाउनेले आएर समूहबाट पावर टिलर अनुदानमा पाउने बताउनुभयो। शिवशक्ति समूहले वितरण गर्ने भनेको थियो। सुपर जोनबाट पहिला पनि वितरण गरेको थियो। मसँग पैसा छैन, हजुरले थप्नु भाउजू भन्यो। मैले थपेर एक लाख २५ हजार दिए।’ 

कैलारी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूले पावर टिलर पाउने आशामा सहकारीहरूलाई रकम बुझाएका हुन्। तर, रोपाइको काम सकिएपछि पनि पावर टिलर नपाएपछि उनीहरू ठगिएको विषय बाहिर आएको हो। गाउँपालिकाका योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले पनि अनुदानमा पावर टिलर पाउने भन्दै रकम बुझाएका छन्। तर, उनले पावर टिलर पाए/नपाएको विषयमा खुलाएका छैनन्। उनले भने, ‘भाइले रकम बुझाएको हो।

पाए/नपाएको भाइलाई सोध्नुपर्छ।’ सन्तोषकुमारसँगै गाउँपालिकाका सात जना कर्मचारीले अनुदानमा पावर टिलर पाउने भन्दै रकम बुझाएका छन्। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सहकारीहरूले कार्यक्रम सञ्चालन गर्ने भन्दै पत्राचार गरेको बताए। गाउँपालिकाबाट सहकारीहरूले अनुदान नलिएको उनले बताए। उनले भने, ‘उहाँहरूले डोनर भेटाएको भन्नुभयो। कार्यक्रम सञ्चालन गर्ने भन्दै पत्र पठाउनुभएको थियो। हामीले गाउँपालिकाभित्रका किसानलाई मात्र पावर टिलर वितरण गर्न भनेका थियौं।बाल सशक्तीकरण र कालीमाई सहकारीले कार्यक्रम सञ्चालन गर्ने भन्दै गाउँपालिकामा पत्राचार गरेका हुन्। किसानहरुलाई ठगेको भन्दै कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरी पक्राउ परेका छन्। किसानलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई हिजो (मंगलबार) प्रहरीले नियन्त्रणमा लिएको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।