बिश्व

ट्रम्पमाथि गोली प्रहारको घटनापछि अमेरिकी ‘सेक्रेट सर्विस’ प्रमुखले राजीनामा दिँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा हालको रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पलाई गोली प्रहार भएपछि अमेरिकी गुप्तचरी सेवा दिने सरकारी निकाय ‘सेक्रेट सर्विस प्रमुखले राजीनामा दिने भएकी छन् ।

प्रमुख किबर्ली चिटलले अमेरिकी सदनमा डेमोक्रेटिक तथा रिपब्लिकन दलका सांसदहरुले संसदीय सुनुवाइमा राजीनामा किन नदिने भनेर प्रश्न गर्दा आफू सेक्रेट सर्विसलाई चाहिएको बताउँदै आएकी थिइन् । उनले गोली प्रहार सेक्रेट सर्विसको पछिल्ला दशकको सबैभन्दा कमजोरी भएको पनि स्वीकारेकी थिइन ।

बिज्ञापन

यसैबीच आज उनले राजीनामा दिने खबर सार्वजनिक भएको हो । बेलायती मिडिया बीबीसीका अनुसार उनले राजीनामा दिने बताएकी छन् । यस्तै, सीएनएनका अनुसार सेक्रेट सर्विस प्रमुखले राजीनामा दिइसकेकी छन् । सीएनएनले आफ्नो स्रोतको आधार दिएर यस्तो समाचार सार्वजनिक गरेको छ ।

सेक्रेट सर्विससँग रुष्ट भएका अमेरिकी सांसदहरुले अमेरिकाको संघीय अनुसन्धान विभाग (एफबीआई) प्रमुखलाई पनि संसदीय सुनुवाइमा बोलाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।