राष्ट्रिय समाचार

‘सुदूरपश्चिममा छोरी दिनु, नर्कमा पठाउनु जस्तै हो’ भन्ने गायिका दुर्गाविरुद्ध जाहेरी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिमको बारेमा तल्लो स्तरको टिप्पणी गरेकी दुर्गा दाहाल साउदविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

दार्चुला दुँहु गाउँपालिका-५ गमेराका कृष्णसिंह महराले साउदविरुद्ध विद्युतीय अपराधअन्तर्गत प्रहरीमा जाहेरी दिएका हुन् ।

बिज्ञापन

अमेरिकामा ममता काफ्ले बेपत्ता भएपछि प्रहरीले उनका श्रीमान्‌लाई अनुसन्धानको लागि पक्राउ गरेको छ । त्यही विषयलाई लिएर दाहालले समग्र सुदूरपश्चिमवासीको भावनामा चोट पुग्ने अभिव्यक्ति दिएपछि जाहेरी दिएको जाहेरीमा उल्लेख गरिएको छ । विद्युतीय माध्यमबाट साम्प्रदायिक हिंसालाई बढावा दिने गरी अभिव्यक्ति दिएको जाहेरीकर्ताले ठहर गरेका छन् 

सुदूरपश्चिमको कञ्चनपुर घर बताउने दुर्गाले ‘सुदूरपश्चिमका मान्छेहरू रक्सी खाएर हिँड्ने, रक्सी भनेपछि धेरै खाने, कसले बढी केटी ल्याउने, कसका बढी गर्लफ्रेन्ड हुने, कसले बढी रक्सी खाने कम्पिटिशन हुन्छ’ भन्दै टिकटकमा भिडियो पोष्ट गरेकी थिइन् । उनले उक्त भिडिओमा सुदूरपश्चिममा छोरी बिहे गरेर दिनु भनेको नर्कमा पठाउनु सरह हो समेत भनेकी छिन् ।

उनले सुदूरपश्चिमका युवतीहरू भारतस्थित दिल्लीको जीवी रोडमा भेटिने भन्दै कमेन्ट समेत गरेकी थिइन् । विद्युतीय कारोबार ऐन अन्तर्गत अपराध गरेको भन्दै दुर्गालाई तुरुन्त पक्राउ गरी अनुसन्धान गर्न जाहेरीमा उल्लेख गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।