प्रवासबिश्व

महाराष्ट्रको पुनामा प्रवासी नेपाली हरुले यसरी मनाए तिज…

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

प्रवासी नेपाली संघ भारत बालाजीनगर पुणे को हरितालिका तीज कार्यक्रम सम्पन्न भएको छ
प्रवासी नेपाली संघ भारत महाराष्ट्र राज्य समिती अन्तर्गत पर्न बालाजी नगरसमिति तथा महिला बिभागको आयोजनामा हिन्दु नारीहरुको महान चार्ड हरितालीका तिज मिलन तथा सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।


अध्यक्ष गणेश जैसीको अध्यक्षता तथा बालाजी नगर सचिब प्रेम खतिवडाको संचालनमा पुणे शहर स्थित मंगल उद्यानसभा हलमा कार्यक्रम भएको हो ।
कार्यक्रमको प्रमुख अतिथी संघका केन्द्रीय समिति सचिवालय सदस्य एबं महाराष्ट राज्य समिति इन्चार्ज भिम खड्का , बिशिस्ट अतिथि संघका केन्द्रीय सचिवालय समिति सदस्य जयसिंह आउजी ,अतिथिहरुमा संघका केन्द्रीय सदस्य मुकेश कुवर ,भोजकुमारी कार्की , हरिष बिक , संका केन्द्रीय सदस्य तथा महाराष्ट राज्य समिति अध्यक्ष जनक खड्का , अतिथी केन्द्रीय सल्लाहकार परिषद सदस्य मोहन लोहार , झप्पर कडारा , राजेश कुवर , शालिभान बिक ,केन्द्रीय प्रचारप्रसार बिभाग सदस्य त्रिलोचन देबकोटा केन्द्रीय समिति बिभागिय सदस्य पदम रिमाल निवर्तमान केन्द्रीय समिति सचिवालय सदस्य आकास कुवर , नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय बिभागिय सदस्य शंकर खतिवडा लगाएत बिभिन्न समाजका अगुवा तथा विभिन्न संघ संगठनका प्रतिनिधि , सामाजिक अगुवा तीन वटा नगर समिति पुना नगर ,कोथरोड नगर र बालाजी नगर समिति बाट राज्य समितिमा प्रतिनिधित्व रहेका सम्पूर्ण पदाधिकारी ,सचिवालय , राज्य ,सल्लाहकार र बिभागिय सदस्य हरुको आतिथ्यता रहेको थियोे ।

बिज्ञापन

कार्यक्रममा पुना नगर समिति कोथरोड नगर समिति र बालजी नगर समिति महिला बिभाग सदस्य लगाएत पुना शहरआसपास रहेका प्रवासी नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियोे ।


अतिथि लाई स्वागत र सम्मान पार्वती जैसी , जानकी खनाल र पार्वति जोसी खतिवडाले अबिर टिका ब्याच खादाले स्वागत सम्मान गरेर कार्यक्रम हलभित्र अतिथि तथा सबैजना आ आफ्नो ठाउँमा उभिएर नेपाल तथा भारतको राष्ट्रियगान गाएर सम्मान गर्नु भएको थियोे । लगत्तै ज्ञात अज्ञात सहिद प्रति सम्मान सहित बिर सहिदको सम्झनामा १ मिनेट को मौनधारण गरिएको थियो ।

कार्यक्रमको उद् घाटन प्रमुख अतिथि र अतिथीले पानसमा दिप प्रज्वलनगर्दै गर्नुभएको थियोे ।
बालाजी नगर समिति उपाध्यक्ष गिता भण्डारीले कार्यक्रममा उपस्थित अतिथी सहभागी सबैलाई मन्तव्य द्वार स्वागतगरे लगतै अतिथी र आम दर्शक लाई स्वागत गित नृत्यबाट बाल कलाकार शिवानी अधिकारी ले स्वागत गरेका थिए ।
तेसपछि कार्यक्रम सांगीतिक रुप मा अघि बढेको थियो तिनबटै नगर महिला टिम का फरक फरक प्रस्तुति लगाएत अरु महिला दिदिबहिनी हरुका सामुदायिक तिज गितका सुन्दर नित्य प्रस्तुती ले साचै तिज आएको र आफ्नै जन्मभुमि मा रहेको महसुस हुन्थ्यो दिदिबहिनी हरुमा ।


कार्यक्रममा प्रमुख अतिथी भिम खड्का ज्यूले सम्पूर्ण दिदिबहिनी हरुलाई हरितालिका तिजको शुभकामना दिदै स्वागत मनतब्य बाट सम्बोधन गर्ने क्रममा तिज को पौराणिक महत्त्व हिमाल प्रर्बत की छोरी पार्वति ले आराध्यदेव शिव जी लाई आफ्नो पति पाउन गरेका तपस्या र बर्त को बारेमा छोटकरी मा प्रकास पर्नु भएको थियोे ।
अतिथी राज्य अध्यक्ष जनक खड्काले पनि सम्पूर्ण महिला दिदिबहिनी लाई शुभकामना दिदै बालाजी नगर समिति आयोजक सबैलाई बधाई दिनुभएको थियोे ।
कार्यक्रमको अन्त्यमा हुडके अम्बर सिंह ढोली ले सुदुर तथा कर्णालीको सु प्रसिद्धि नाच हुडकेउली नाच प्रस्तुत गरेर सबैलाई भरपुर मनोरञ्जन प्रदान गर्नुभएको थियोे ।

प्र ने स भारत केन्द्रीय समिति बिभागिय सदस्य पदम रिमालको पहलमा
प्रनेस भारतको निती तथा कार्यक्रम लाई मनपराउदै अम्बर सिहं ढोलीले आफ्नो प्रवासको संगठन प्रगतिशील समाज भारत परित्याग गरि आफुसहित २१ जनाकोटिम र प्र ने स भारत बालाजी नगर समिति सदस्य हंशराज अधिकारीको पहलमा प्रवास नेपाली संर्पक बिभाग भारत र माओवादीकेन्द्र पार्टी परित्याग गरि ६ जना गरि जम्मा २७ जना प्रवासी नेपाली संघमा प्रवेस गरेका हुन नव प्रवेशी लाई सम्मान सहित स्वागत गर्दै अतिथि भोजकुमारी कार्की ,आकाश कुवर र पदम रिमालले अबिर,टिका र खादा ले सवागत गर्नु भएको थियो ।


अन्तमा कार्यक्रम सफलपार्न आर्थिक नैतिक रभौतिक रुपमा सुझाव सल्लाह र समर्थ गर्न नगर समितिका सदस्य लागएत कार्यक्रमको मार्गदर्शन गर्नुहुने अग्रज नेता गण उपस्थित सम्पूर्ण दिदिबहिनी र नव प्रवेसी सबै लाई नारिहरुको महान पर्व हरितालिका तिजको शुभकामना ब्यक्तगर्दै सबै प्रति आभार प्रकट गर्दै आउदा दिनहरूमापनि कमिकमजोरी लाई सुधार्दै लैजाने परतिबद्धता जनाउदै कार्यक्रमका अध्यक्ष गणेश जैसीले कार्यक्रम समापन गर्नुभएकोभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।