शिक्षकको तलब भत्ता मासिक रूपमा दिन निर्देशन

काठमाडौँ, असोज १९ गते । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षकको तलब भत्ता मासिक रूपमा प्रदान गर्न ७५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ ।
चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिमा शिक्षकलाई मासिक रूपमा तलब भत्ता भुक्तानी हुने व्यवस्था मिलाइने उल्लेख छ । विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिक रूपमा तलब भत्ता भुक्तानी गर्नुपर्ने कार्यविधिमा भनिएको छ ।

तर उक्त कार्यविधि अनुसार शिक्षकले मासिक रूपमा तलब पाउन नसकेको गुनासो आएपछि केन्द्रले लिखित रूपमै निर्देशन दिएको हो । सरकारको आव २०८१/८२ को नीति तथा कार्यक्रममा शिक्षकको तलब मासिक रूपमा दिने उल्लेख छ ।
त्यसपछिका विभिन्न औपचारिक तथा अनौपचारिक स्थलमा तत्कालीन शिक्षा मन्त्रीहरूले पनि पटक पटक स्थानीय तहलाई मासिक तलब प्रदान गर्न निर्देशन दिएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
