सुदूरपश्चिम प्रदेश

चाडपर्व सुरु भएसँगै दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किन थाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

चाडपर्वको समयमा भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश फर्किने भएकाले दुवै देशका सुरक्षाकर्मीले आवागमनमा सहजीकरण गर्ने सहमति समेत भएको छ। यस्तो सहमति नेपाल–भारत सीमा सुरक्षाअधिकारीहरुबिच भएको हो। तर, अहिले पनि आवागमनमा सास्ती भने कायमै छ। ठाउँठाउँमा हुने चेकजाँचका कारण श्रमिकले अनावश्यक झनझटको सामाना गर्नुपरिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले विगतको भन्दा आवागमनमा सहजता भएको भएको बताएका छन्। नाकामा बस्ने उत्तर प्रदेश प्रहरीको खासै केही भूमिका नहुने उनले बताए। एसएसबीले पूर्ण रूपमा सहजीकरण गरिरहेको उनको तर्क छ। सीमा सुरक्षा र भन्सार सुरक्षाका कारण सीमाका ठाउँठाउँमा चेक पोस्ट राखिएको छ।

बिज्ञापन

सशस्त्रले त्रिनगर भन्सारको सीमा प्रारम्भ भएको स्थानमा, मोहना पुलमा र पुलवारी गरी तीन ठाउँमा पोस्ट राखेको छ। पहिलो पोस्ट सीमा सुरक्षाको लागि हो। त्यहाँ प्रतिबन्ध लगाइएका वस्तुको आयात रोक्न चेकजाँच हुन्छ। मोहना पुलमा रहेको टोलीले भन्सारकर्मीलाई सघाउने काम गर्दै आएको छ।धनगढीः हिन्दुहरुको महान चाड बडा दशैं हिजो (विहिबार) देखि सुरु भएको छ।

महान चाड बडा दशै, तिहार र छठपर्व मनाउन यतिबेला नेपाल–भारत सीमा नाका भएर ठूलो संख्यामा परदेशीहरु घर फर्किन थालेका छन्। भारतसँग सीमा जोडिएको सुदूरपश्चिमको गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट, जोलाजिमी खकरुला हुँदै घर फर्किनेको संख्या बढ्दै गएको छ।  यी नाका भएर दैनिक एक हजारको संख्यामा परदेशीहरु घर फर्किरहेका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।